पशुपन्छी बजार प्रबद्र्धन निर्देशनालयका निर्देशकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको हरिहरभवन स्थित पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालयका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ४७ लाख ३७ हजार ६ सय २९ रुपैयाँ गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आज...