समखबर संवाददाता


0 प्रतिक्रिया

1.6K

पशुपन्छी बजार प्रबद्र्धन निर्देशनालयका निर्देशकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2K

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको हरिहरभवन स्थित पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालयका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले ४७ लाख ३७ हजार ६ सय २९ रुपैयाँ गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आज दायर गरिएको मुद्दामा प्रत्येकसँग ४७ लाख ३७ हजार ६ सय २९ रुपैयाँ बिगो दाबी गरिएको छ ।

अख्यितारले मुद्दा दायर गरेका अन्यमा पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालयका लेखा अधिकृत रामप्रसाद बँजगाई र वरिष्ठ पशु चिकित्सक पूजा शर्मा, किराँत याकथुम चुमलुङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश कुमार लिम्बु, व्यवस्थापक तेजमान कन्दङ्वा र कोषाध्यक्ष गणेश बहादुर सोदेम्बा र लाइफ टाइम इन्जिनियरिङ सोलुसन प्रा.लि काठमाडौंका सञ्चालक रोशन भट्टराई छन् ।

आर्थिक वर्ष २०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यकममार्फत तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–५ माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा इष्टिमेट बमोजिम कार्य नै नगरी ४७ लाख ३७ हजार ६ सय २९ रुपैयाँ भुक्तानी भएको पाइएको अख्तियारले जनाएको छ ।

2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *