चीनको सैन्य अभ्यास गैरजिम्मेवारः अमेरिका
अमेरिकाले सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको बदलामा चीनको सैन्य अभ्यासलाई गैरजिम्मेवारपूर्ण भनेको छ । स्थिति नियन्त्रण बाहिर जाने खतरा रहेको पनि उनले चेतावनी दिएका छन् । ‘हामी विश्वास गर्छौं कि चीनले जे गरिरहेको छ, त्यो जिम्मेवार छैन’, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रिय सार्वजनिक रेडियोसँगको एक अन्तर्वार्तामा भने । बेइजिङले बुधबार पेलोसीको ताइपेय भ्रमणको...