शिकागोमा स्वतन्त्र दिवसको परेडमा नरसंहारः २२ वर्षीय संदिग्ध पक्राउ
अमेरिकाकाे सिकागोमा स्वतन्त्रता दिवसको परेडमा ६ जनाको हत्या संलग्न एक संदिग्धलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई पक्राउ गरिएको हो । हतियारधारी ती व्यक्तिलाई प्रहरीले ‘खतरनाक’ भनेको छ । इलिनोइसको हाइल्याण्ड पार्क सहरमा बन्दुकधारीले छतबाट परेडमा सहभागी मानिसहरूलाई लक्षित गरी हमला गरेका थिए । संदिग्धले उच्च क्षमताको राइफलले...