समखबर संवाददाता


0 प्रतिक्रिया

1.9K

हातहतियार सहित विभिन्न स्थानबाट चार जना पक्राउ

४ वर्ष अगाडि
समखबर संवाददाता

2.4K

ललितपुर, धादिङ र धनुषाबाट प्रहरीले विभिन्न हातहतियार सहित चार जनालाई पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल पिपलबोटबाट एक थान पेस्तोल र सोको दुई राउण्ड गोली सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही नगरपालिका–८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण श्रेष्ठ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उक्त ठाउँमा पार्किङ गरी राखेको प्रदेश ३–०२–०१५ प ६५४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

धादिङको खनियावास गाउँपालिका–२ अक्थलीबाट म्याग्जिन सहितको एक थान पेस्तोल र एक थान खुकुरी सहित दुई जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही गाउँपालिका–२ झार्लाङ घर भएका २५ वर्षीय सुनिल तामाङ र सोही ठाउँ बस्ने २५ वर्षीय अविनाश तामाङ रहेका छन् ।

उनीहरूले पेस्तोल राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका–९ थापाचोक बस्ने ३७ वर्षीय मनिष कुमार अधिकारीलाई एक थान पेस्तोल र एक राउण्ड गोली सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिवादको कारण अधिकारीले पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो ।

2.4K

Four arrested with weapons

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *