समखबर संवाददाता


0 प्रतिक्रिया

1.7K

विभिन्न देशको मुद्रासहित भारतीय नागरिक पक्राउ

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.1K

विभिन्न देशको मुद्रासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राहदानी नम्बर जेड ५५६५७१५ बाहक ४३ वर्षीय अंकुर घनसे पटेल रहेका छन् ।

उनलाई विभिन्न देशको मुद्रा अबैधरुपमा लुकाई छिपाई अन्य मुलुकमा लैजान लागेको अवस्थामा शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १ सय ३० पाउण्ड स्टर्लिङ, ३ हजार २ सय यूरो, ४ हजार ४६५ यूएई दिराम र ४ हजार ६५० केन्याको स्टर्लिङ बरामद गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको हो ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा जाँच गर्दा झोलामा अवैध रूपमा लुकाई लैजान लागेको उक्त मुद्राहरू फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो ।

2.1K

Indian citizens arrested with currency of different countries

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *