भ्रष्टाचार आरोपमा पूर्वमन्त्री श्रेष्ठको मुद्दा सर्वोच्चको कार्यसूचीमा
काठमाडौं, ८ फागुन । पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दामा अब सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। विशेष अदालतले दोषी ठहर गरेपछि श्रेष्ठले उक्त फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दायर गरेका थिए। विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा श्रेष्ठलाई दोषी ठहर गरेको थियो। त्यसपछि उनले आफू निर्दोष रहेको जिकिर गर्दै सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका हुन्। यस प्रकरणमा अख्तियार...