समखबर संबाददाता


0 प्रतिक्रिया

800

भ्रष्टाचार आरोपमा पूर्वमन्त्री श्रेष्ठको मुद्दा सर्वोच्चको कार्यसूचीमा

२ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

1K

काठमाडौं, ८ फागुन  । पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दामा अब सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। विशेष अदालतले दोषी ठहर गरेपछि श्रेष्ठले उक्त फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दायर गरेका थिए।

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा श्रेष्ठलाई दोषी ठहर गरेको थियो। त्यसपछि उनले आफू निर्दोष रहेको जिकिर गर्दै सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका हुन्।

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठले ४ करोड ४५ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको दाबी गरेको छ। अख्तियारको अनुसन्धानपछि दायर मुद्दामा विशेष अदालतले प्रमाणका आधारमा दोषी ठहर गरेको थियो।

अब सर्वोच्च अदालतमा हुने सुनुवाइले विशेष अदालतको फैसला सदर हुने कि उल्टिने भन्ने टुंगो लगाउनेछ। मुद्दाको पेसी तोकिएसँगै यस प्रकरणले पुनः कानुनी तथा राजनीतिक वृत्तमा चासो बढाएको छ।

1K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *