अछामका दुई ठाउँमा मतदान स्थगित, पुनः सञ्चालन गर्न सर्वदलीय बैठक जारी
अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ । पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो । लयाटीमा भएको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन् । यस्तै साँफेबगर नगरपालिका-१३ बाब्लामा पनि मतदान स्थगित भएको छ। कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धन...