शरणार्थीलाई अध्यागमन ऐन नलागू गर्न परमादेश
काठमाडौं, पुष, ७ । सर्वोच्च अदालतले शरणार्थीको हैसियतमा नेपालमा बसोबास गर्दै आएका विदेशीको हकमा अध्यागमन ऐन लागू गर्न नमिल्ने व्याख्या गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले भुटानी राष्ट्रियता भएका र शरणार्थीका रूपमा झापाको बेलडाँगीमा बसोबास गर्दै आएका रायन बस्नेतको हकमा रोशन बस्नेतले दायर गरेको रिटमा शरणार्थीको हैसियत समाप्त नभएसम्म...