संयुक्त ट्रेड युनियन सडकमा, अनियन्त्रित मूल्यवृद्धि खारेजीको माग
माइतीघर मण्डलामा नौ राजनीतिक पार्टी निकट मजदुर संगठनले अनियन्त्रित मूल्यवृद्धि खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, जसपा निकट समाजवादी ट्रेड युनियन महासंघ, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल लगायत नौ मजदुर संगठनहरू पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुको अकासिदो बजार मूल्य, अमेरिका र नेपाल...