समखबर संवाददाता


0 प्रतिक्रिया

2.7K

संयुक्त ट्रेड युनियन सडकमा, अनियन्त्रित मूल्यवृद्धि खारेजीको माग

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

3.3K

माइतीघर मण्डलामा नौ राजनीतिक पार्टी निकट मजदुर संगठनले अनियन्त्रित मूल्यवृद्धि खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, जसपा निकट समाजवादी ट्रेड युनियन महासंघ, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल लगायत नौ मजदुर संगठनहरू पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुको अकासिदो बजार मूल्य, अमेरिका र नेपाल बिच भएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को विरोध गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका थिए ।

खेती मुख्य सिजनमा सरकारबाट सृजना गरिएको कृत्रिम अभावको विरोध र मिटरब्याज पीडित मजदुर किसानहरुका जायज मागमा ऐक्यबद्धता समेत जनाएको थियो ।

सरकारको एकल स्वामित्व रहेको नेपाल आयल निगमद्वारा पटकपटक पेट्रोलियम पदार्थको गरेको मूल्यवृद्धि विरुद्ध जनता आक्रोशित बन्दै गएका छन् ।

पटकपटक मूल्यवृद्धि गरि १ सय ७८ कायम गरिएको पेट्रोलको मूल्यमा २१ रुपैयाँ वृद्धि गरि पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । साथै अन्य पेट्रोलियम पदार्थमा समेत अत्यधिक मूल्यवृद्धि गरिएको छ ।

3.3K

Demand for repeal of uncontrolled price rise on United Trade Union Road

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *