सत्ता गठबन्धनको सभा : छैनन् नयाँ एजेण्डा, निशानामा ओली
गठबन्धनभन्दा प्रतिगमन बलियो छ । प्रतिगमन एक्लै छैन नेपालमा’ शुक्रबार पाँच दलिय सत्ता गठबन्धनले काठमाडौंमा स्थानीय तह निर्वाचनमा मत माग्ने उदेश्यका साथ आयोजना गरेको सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दिएको अभिव्यक्ति हो यो । केसीको यो भनाइले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले पाँच दलीय गठबन्धन भन्दा सारै कमजोर छैन भन्ने कुराको संकेत गरेको...