समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

हेटौंडामा २२ बुँदे घोषणा पत्र सार्वजनिक, के के उल्लेख गरिएको छ त ?

४ वर्ष अगाडि
हेटौंडा
समखबर संवाददाता

1.7K

पाँच दलीय सत्ता गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको लागि संयुक्त घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि २२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो ।

घोषणा पत्रमा स्वास्थ्य, शिक्षा, खानपानी तथा सरसफाइ, खेलकुदलाई विशेष प्राथमिकतामा राखिएको छ । हेटौंडा अस्पतालको स्तरोन्नति गर्न पहल गर्ने, ज्येष्ठ तथा अशक्त नागरिकको लागि घरघरमा स्वास्थ्य सेवा उपलब्ध गराउने, औद्योगिक क्षेत्रको लागि अनिवार्य आवश्यक जनशक्ति उत्पादन गर्ने लगायतका विषयहरु घोषणापत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी वार्षिक ३०० युनिट सम्मको बिजुली निशुल्क गर्ने, बाइपास सडकको स्थायी निर्माण गर्ने, एक घर एक रोजगारलाई प्राथमिकतामा राख्नेसमेत उल्लेख गरिएको छ ।

1.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *