समखबर संवाददाता


0 प्रतिक्रिया

2.1K

बुढीगंगा नगरपालिकाको चुनाव सम्पन्न

४ वर्ष अगाडि
सुर्खेत
समखबर संवाददाता

2.7K

स्थानीय तहको निर्वाचन हुन बाँकी एक मात्र स्थानीय तह बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेबाट मतदान सुरु भएकोमा बेलुका ५ बजे मतदान सम्पन्न भएको छ । 

बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद पछि प्रहरीले थप झडप हुन नदिने हवाई फायर गरेको सहायक  जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए । ‘अन्य ठाउँमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ,’ उनले भने, ‘त्रिशक्ति मतदान केन्द्रमा ३० मिनेट जति मतदान रोकिए र पुनः मतदान भएको छ ।’

नगरपालिका १३ हजार ६ सय ५९ मतदातामध्ये कुल मत ६६. ७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ । 

2.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *