तराईका बजारमा हरियो पहिरन किन्नेको चहलपहल
सप्तरी तिलाठी कोइलाडी गाउँपालिकाकी ४३ वर्षीय रूबी झा आइतबार राजविराज बजारमा हरियो साडी किन्दै थिइन् । उनी परिवारका अन्य सदस्यहरूसँगै किनमेलमा व्यस्त थिइन । उनका अनुसार हरेक वर्ष साउनभर हरियो पहेँलो लगाउँदा मनमा शान्ति मिल्छ । छरछिमेकका साथीहरूले पनि हरियो पहिरन लगाउने हुँदा आफूले पनि साउन महिना भरिनै हरियो पहिरनमा सजिन गरेको बताइन् । साउनको...