समखबर संवाददाता


0 प्रतिक्रिया

1.7K

तराईका बजारमा हरियो पहिरन किन्नेको चहलपहल

४ वर्ष अगाडि
सप्तरी
समखबर संवाददाता

2.2K

सप्तरी तिलाठी कोइलाडी गाउँपालिकाकी ४३ वर्षीय रूबी झा आइतबार राजविराज बजारमा हरियो साडी किन्दै थिइन् । उनी परिवारका अन्य सदस्यहरूसँगै किनमेलमा व्यस्त थिइन ।

उनका अनुसार हरेक वर्ष साउनभर हरियो पहेँलो लगाउँदा मनमा शान्ति मिल्छ । छरछिमेकका साथीहरूले पनि हरियो पहिरन लगाउने हुँदा आफूले पनि साउन महिना भरिनै हरियो पहिरनमा सजिन गरेको बताइन् ।

साउनको पहिलो दिनदेखि नै तराईका साना ठूला बजारमा हरियो, पहेँलो पहिरन किन्ने किशोरी र महिलाहरूको चहलपहल बढेको छ । झाले पनि घरपरिवारका सबै महिलाका लागि हरियो चुरा, पोते, टीका किनेको बताइन् ।

सप्तरी राजविराज नगरपालिका-७ की २० वर्षीय पार्वती यादवले पनि हरियो चुरा र टीका किनिन् । साउन लागि सक्यो । सम्झना भएदेखि प्रत्येक वर्ष साउनको सुरूवातसँगै हरियो पहिरन लगाउँदै आएको र यसपालि पनि किनेर ल्याएको उनले बताइन् ।

राजविराज नगरपालिका-१ की ४६ वर्षीय हेमलता चौधरीले पनि १ साउनबाटै हरियो चुरा, टीका र पोते लगाउन थालेकी छिन् । उनले भनिन् किन लगाउँछु भन्दा पनि सबैले लगाउने हुँदा आफूले पनि लगाउने गरेकी छु ।

सबैले लगाएपछि आफूले मात्र नलगाउँदा नरमाइलो लाग्ने गरेको उनको भनाइ छ । उनले भनिन्, साउन महिना भगवान शिवजीक‍ो प्रिय महिना हो । शिवजीलाई हरियो रंग मन पर्ने भएकोले चारैतिर हरियाली छाउने गरी हरियो पहिरन लगाएकी हुँ ।

2.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *