समखबर संवाददाता


0 प्रतिक्रिया

1K

गठबन्धनमा नेकपा एसले उठायो मन्त्रिपरिषद्‍‌को पुनर्गठनको विषयः प्रधानमन्त्रीले भने-कार्यान्वयन हुन्छ

४ वर्ष अगाडि
समखबर संवाददाता

1.3K

नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषद्‍‌ पुनर्गठन गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड गरेको छ । बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा एसले तत्काल मन्त्रिपरिषद्‍‌ पुनर्गठन गरेर अघि बढनु पर्नेमा जोड गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका उक्त पार्टीका चार मन्त्रीलाई फिर्ता गरेर थप चार नयाँ अनुहारलाई स्थान दिनुपर्ने निर्णयलाई प्रधानमन्त्री देउवाले कार्यान्वय नगरेपछि नेकपा एसले पाँच दलीय गठबन्धनको बैठकमा सो विषयलाई पुनः उठान गरेको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

‘मन्त्रिपरिषद्‍‌ पुनर्गठन गर्नेबारेमा हामीले आज कुरा राख्यौं, त्यसबारेमा यसअघि नै हामीले निर्णय पनि गरिसकेका पनि छौँ, यसलाई तुरुन्तै कार्यान्वयन गर्नुस्, अब हामी पर्खिने अवस्थामा छैनौँ भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,’ बैठकपछि खनालले भने, ‘ उहाँले तपाईंहरूको निर्णयबारे पत्र आइसकेको छ, कार्यान्वयन गर्छु भन्नुभएको छ, हेरम् ।’

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *