समखबर संवाददाता


0 प्रतिक्रिया

1K

सशस्त्र प्रहरीद्वारा भन्सार छलीको सामान बरामद

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.3K

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–३ जमुनाघारीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब एक लाख ६७ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा र प्लाष्टिकको कुर्सी बरामद गरेको छ ।

उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी देवीस्थानले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

यसैगरी पर्साको बीरगन्ज महानगरपालिका–१४ गण्डक चोकबाट ३ भदौ राति सशस्त्र प्रहरीले करिब ५९ लाख ३४ हजार सात सय ५८ रुपैयाँ बराबरको प्रज्ञापनपत्र विनाको विभिन्न सामान बरामद गरेको छ ।

बीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना५ख ७८२० नम्बरको ट्रकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले जाँच गर्दा भन्सार छलीको स्टेशनरी सामान, ब्याट्री, औषधि, प्लाइ उड, एसिड फेला परेपछि उक्त सामानसहित ट्रक नियन्त्रणमा लिइएको हो ।

बरामद सामान र ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

1.3K

Customs evasion goods seized by armed police

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *