समखबर संवाददाता


0 प्रतिक्रिया

1K

बारामा १२ केजी गाँजासहित दुई जना पक्राउ

४ वर्ष अगाडि
बारा
समखबर संवाददाता

1.3K

जितपुरसिमरा उपमहानगरपालिका–७ टेडा रोड जाने बाटोबाट करिब १२ केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१२ बस्ने २६ वर्षीय राम कुमार प्रजा र १८ वर्षीय किशोर रहेका छन् । उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका उनीहरूलाई जाँच गर्ने क्रममा झोलाभित्र २ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

1.3K

Two persons arrested with 12 kg ganja in Bara

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *