समखबर संबाददाता
१० असार, काठमाडौं । ट्रम्पको घोषणापछि इरानका विदेशमन्त्री अब्बास अराघचीको बयान आएको छ । ‘अहिलेसम्म कुनै पनि प्रकारको युद्धविराम वा सैन्य कारबाही रोक्नेबारे कुनै सम्झौता भएको छैन । तर यदि इजरायली सरकारले इरानी समयअनुसार बिहान ४ बजेसम्म इजरायली सरकारले इरान विरुद्धको आफ्नो अवैध युद्ध रोक्छ भने, प्रतिशोधात्मक आक्रमण जारी राख्ने हाम्रो कुनै इरादा छैन,’ अराघचीले भने ।
युद्धविराम सुरु हुनुभन्दा अघि अन्तिम चरणको क्षेप्यास्त्र प्रहार गरिएको इरानको सरकारी सञ्चारमाध्यमले बताएको छ । आक्रमणमा चार जनाको मृत्यु भएको र २२ जना घाइते भएको इजरायली एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोमले भनेको छ ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावमा आफू सहमत भएको इजरायली सरकारले बताएको छ । ‘इजरायलले युद्धविरामको कुनै पनि उल्लङ्घनको कडा जवाफ दिनेछ,’ एउटा विज्ञप्तिमा इजरायली सरकारले भनेको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा एक पोस्टमा इजरायल र इरानबिच युद्धविरामको घोषणा गरेका थिए । अर्को पोस्टमा ट्रम्पले लेखेका थिए, ‘युद्धविराम अब सुरु भएको छ । कृपया यसको उल्लङ्घन नगर्नुहोस् ।’
समखबर संबाददाता