समखबर संवाददाता


0 प्रतिक्रिया

260

अमेरिका–इजरायल आक्रमणपछि इरानमा नेतृत्व हस्तान्तरणको तयारी

१ महिना अगाडि
समखबर संवाददाता

325

काठमाडौं, २० फागुन । इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार, गत शनिबार अमेरिका र इजरायलको हवाई आक्रमणमा मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि आज बुधबार तेहरानमा हुँदैछ ।

यो बिदाइ समारोह नेपाली समय अनुसार राति करिब पौने १२ बजे (१८:३० जीएमटी) सुरु हुने र तीन दिनसम्म चल्ने बताइएको छ।

यसैबीच, ‘न्युयोर्क टाइम्स’ले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै खामेनीका छोरा, मोज्ताबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको र आजै यसको घोषणा हुन सक्ने उल्लेख गरेको छ।

इजरायलले भने इरानको नयाँ नेतृत्वका सम्बन्धमा कडा चेतावनी दिएको छ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानको जोसुकै नयाँ उत्तराधिकारी भए पनि यदि उसले ‘इजरायल विनाशको योजना’ र ‘अमेरिकाविरुद्धको धम्की’ लाई निरन्तरता दिएमा उसलाई विनाशको मुख्य लक्ष्य बनाइने घोषणा गरेका छन् ।

मन्त्री काट्जले नयाँ नेताको नाम वा लुक्ने स्थान जस्तोसुकै भए पनि इजरायलले त्यसलाई नछोड्ने चेतावनी दिएका छन् ।

325

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *