समखबर संवाददाता


0 प्रतिक्रिया

964

एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष भविष्यमा कोशेढुंगा सावित हुन्छः सशस्त्र प्रहरी महानिरीक्षक के.सी.

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.2K

सशस्त्र प्रहरी बल नेपालका प्रधान कार्यालय हल्चोकका महानिरीक्षक के.सी.ले प्रवेश परिक्षामा पास भएका अधिकृतहरुलाई बधाई तथा सफलताको शुभकामना दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित कार्यक्रमको उद्घाटन गर्ने र्कममा उनले बधाई तथा सफलताको शुभकामना दिएका हुन् । ।

उनले सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व तथा व्यवस्थापकीय क्षमतामानिखारपन ल्याई सांगठनिक लक्ष्य प्राप्तीका लागि उक्त कोर्ष भविष्यमा कोशेढुंगा सावित हुने बताए।

उनले सो कोर्षमा सहभागी सशस्त्र प्रहरी अधिकृतहरुले कोर्ष समापन पश्चात व्यावसायिक जीवनमा उपलब्धी हासिल गर्दै सांगठनिक विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने जनाए । एपीएफ कमाण्ड तथा स्टाफ कलेजको स्थापनासँगै निरन्तर संचालन गर्दै आईरहेको उक्त कोर्ष कोभिड–१९ महामारीको समयमा समेत सफलतापूर्वक संचालन गर्नमा सहयोग पुर्‍याएकोमा त्रिभुवन विश्वविद्यालय, विभिन्न विषयका विज्ञहरु तथा सम्बन्धित सबैप्रति आभार प्रकट गरे ।

कार्यक्रमका विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजीक शास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले एपीएफ कमाण्ड तथा स्टाफ कलेजले स्थापनाको छोटो समयमै निरन्तर रुपले कोर्ष संचालन गरेको बताइन् । उनले उक्त कोर्ष मार्फत सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व बिकास तथा क्षमता अभिबृद्धिमा योगदान पु¥याएको समेत बताइन् ।

त्यस्तै, उनले अन्तर्राष्ट्रिय स्तरको उक्त कोर्ष पश्चात राष्ट्रिय सुरक्षा तथाग्लोबल सुरक्षा चुनौतीहरुको सहज रुपले सामना गरी सांगठनिक विकासमा योगदान पुर्‍याउन सक्ने सक्षम अधिकृत उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *