कैलालीमा कर्मचारी कुटपिट र कार लुट प्रकरण, कारमा चढेपछि बनेको थियो लुट्ने योजना
डडेल्धुराको भागेश्वर गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी सोमबार कञ्चनपुरबाट डडेल्धुरा जाँदै थिए । बाटोमा तीन जना भारतीय नागरिकले उनलाई लिफ्ट मागे । कैलालीको चुरे गाउँपालिका स्थित खानीडाडासम्म जानेभन्दै लिफ्ट मागेका भारतीय नागरिकले कारमा तेल भरिदिने आश्वासन दिएका थिए । कम्प्युटर अपरेटर भण्डारी पनि तेल भरिदिने आश्वासनले लोभिए र भारतीय नागरिकलाई लिफ्ट दिए । बाटोमा...