अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ
सुर्खेत र मकवानपुरमा अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मसुरीखेतबाट ६ ग्राम ६ सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने दैलेख दुल्लु नगरपालिका–१० घर भएका २० वर्षीय दिनेश शाही छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो...