समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

कुशे गाउँपालिकामा एक सुत्केरी महिलाको मृत्यु

४ वर्ष अगाडि
सुर्खेत
समखबर संवाददाता

1.6K

जाजरकोट कुशे गाउँपालिका–५ जरगाउँकी ३० वर्षीया नारायणकली रोकायको सुत्केरी हुँदा मृत्यु भएको छ । घरमै सुत्केरी भएकी रोकायाले चौथो सन्तानलाई जन्म दिएपछि ज्यान गएको स्थानीय तारा खड्काले जानकारी दिइन् ।  

समयमै साल नखसेर नारायणकलीको मृत्यु भएको खड्काको भनाई रहेको छ । सुत्केरी भएको ५ घण्टापछि मृत्यु भएकी नारायणकलीको ४ घण्टासम्म साल खसेको थिएन । 

स्थानीय मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा साल खसेको भएता पनि नारायणकलीको ज्यान गएको प्रहरीले जनाएको छ । उनका दुई छोरी र एक छोरा थिए । चौथो सन्तान छोरा जन्म दिएपछि नारायणकलीको ज्यान गएको हो । नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको तारा खड्काले बताएकी छन् ।

1.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *