पानीमा रुझ्दै एमालेको प्रदर्शन
प्रमुख प्रतिपक्षी एमालेले मूल्यबृद्धिलगायत जनसरोकारका विषयलाई लिएर काठमाडौंमा बृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ । मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्याली सुरु भएको हो । आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन अपरान्ह दिउँसो बसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर बसन्तपुरमा सभामा परिणत हुनेछ...