समखबर संवाददाता


0 प्रतिक्रिया

1.9K

माओवादीप्रति गोकुल बाँस्कोटाको व्य‌ग्य- सत्ताको चास्नीले नागरिकतामा रंग फेरियो

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.4K

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अवधि नै नराखी नागरिकता दिने प्रावधानप्रति सहमति जनाएको भन्दै नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गरेका छन् । माओवादीले ७ वर्षको अवधि राखेर मात्र वैवाहिक अंगिकृत नागरिकताको प्रमाणपत्र दिने सहमति जनाए पनि हाल सो प्रावधानविना नै नागरिकता दिने विषयमा सहमति जनाएपछि सांसद बाँस्कोटाले व्यंग्य गरेका हुन् ।

‘ट्रकमा चढेर आऊ, ट्रेनमा चढेर मेरो मुलुकमा आऊ भन्ने देशले पनि नागरिकता दिनका लागि खास अवधि राखेको हुन्छ । तर, यहाँ कुनै अवधि नै नराखी नागरिकता दिन खोजिएको छ,’ सांसद बाँस्कोटाले भने, ‘तर, हिजो अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरु सत्ताको चास्नीको भरमा अहिले आउनेबित्तिकै नागरिकता दिनुपर्छ भनेर सहमत भएका छन, छेपारोले पनि यति चाँडो रंग फेर्दैन होला, जो अहिले साथी ९माओवादी०ले फेर्नु भएको छ ।’

बाँस्कोटाले नागरिकतामा खुकुलो प्रावधान राख्दा मुलुक फिजीकरण हुने भन्दै सचेत हुन आग्रहसमेत गरेका छन ।

‘पेरुमा जापानी नागरिक राष्ट्रपति भएको जस्तो नहोस्, फिजीमा भारतीय नागरिक प्रधानमन्त्री भएको जस्तो नहोस्’ बाँस्कोटाले प्रतिनिधिसभा बैठकमा भने, ‘त्यसैले नागरिकता दिँदा निश्चित अवधि तोकिनुपर्छ, आउनेबित्तिकै टीका लगाएर दिने प्रावधान खारेज गरिनुपर्छ ।’

प्रतिनिधिसभा बैठक जारी छ ।

2.4K

Gokul Baskota's criticism of the Maoists changed the color of citizenship with the power grab

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *