आत्मनिर्भर हजुरआमाहरू
थपमाया लामा उमेरले ८५ वर्ष पुगिन् । हरेक मंगलबार र शनिबार बर्दिबासको हाटबजारमा भेटिने थपमाया मर्चा र धुप बेच्न व्यस्त हुन्छिन् । उनीसँगै उनकी ७८ वर्षीय सम्धिनी तुलीमाया पाख्रिन पनि हुन्छिन् । तुलीमायाका छोरा गोविन्द पाख्रिनले थपमायाकी छोरी देवीमायासँग विवाह गरेका छन् । बजार लाग्ने दिन उनीहरू बिहानै घरबाट निस्कन्छन्, लालबन्दीबाट धुप र मर्चा मगाउँछन्...