मधेशका नदी र चुरे दोहनले नागरिक अधिकार हनन् : पूर्वमन्त्री पोखरेल
पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चुरेबाट अवैधरुपमा नदीजन्य वस्तुको दोहन गरेर मुठ्ठीभरका मानिसले नागरिकको वातावरणीय अधिकार खोसेको बताएका छन । महोत्तरीका संघीय संसद समेत रहेका पोखरेलले संसदमा विशेष समय लिएर बोल्दै चुरे दोहनले तराई मधेशको जीवन संकट बन्दै गएकोप्रति चिन्ता व्यक्त पनि गरे ।चुरेको प्रमुख उत्पादन सफा पानी समेत हराउँदै गएको उनकाे भनाइ छ । संसदमा ध्यानाकर्षण...