समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

विमान दुर्घटना: पोष्टमार्टमका लागि टिचिङ लगियो १० जनाको शव[तस्वीरहरु]

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.5K

मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारजगञ्ज लगिएको छ । 
सोमबार साँझ पोखराबाट शवहरु काठमाडौं ल्याइएको थियो । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो । 

शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने तयारी छ ।  बाँकी शव भने भोलि मात्र ल्याउने तयारी गरिएको छ । एउटा शव भने अझै फेला पर्न नसकेको तारा एयरले जनाएको छ । 

आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि विहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको ट्विनअटर जहाज उडेको केही समयमा नै सम्पर्कविहीन भएको थियो। आइतबार दिनभर खोजी गरिएपनि फेला नपरेको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२, सानुसरेको पहाडमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *