समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

अपाङ्गता भएकाहरूलाई समान अवसरमा जोड

४ वर्ष अगाडि
भक्तपुर
समखबर संवाददाता

1.4K

भक्तपुर उद्योग वाणिज्य संघ तथा रोजगारविहिन अपाङ्गता भएका व्यक्तिहरूका लागि उर्जाशील अवसर परियोजनाको संयुक्त तत्वावधानमा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई व्यवसायिक सीप प्रदान गरी रोजगारीमा समान अवसर प्रदान गर्नेसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले परियोजनासँग मिलेर अपांगता भएका व्यक्तिहरूका लागि रोजगारीको अवसर प्रदान गर्न सकिने विश्वास व्यक्त गरे । साथै, आगामी दिनमा यो क्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने बताए ।

कार्यक्रममा परियोजनाका कार्यक्रम निर्देशक चिरञ्जिवी शर्माले कुनै पनि देशको विकास र उन्नति त्यो देशको उद्योग व्यापारको अवस्थाले प्रतिबिम्वित गर्ने भएकोले देशको समृद्धिमा उद्यमी व्यवसायीहरूको ठूलो योगदान रहने बताए । अपांगता भएका व्यक्तिहरू पनि देशका नागरिक भएकाले उनीहरूको कमजोरीलाई नभई क्षमता हेरेर समान अवसर प्रदान गरिनुपर्नेमा उनले जोड दिए ।

उनका अनुसार समावेशिताको अवधारणा तब मात्रै सार्थक हुने जब सबै नागरिकले समान अवसर प्राप्त गर्छन । संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपाने पनि अपांगता भएका व्यक्तिको समानताको आवाज उठाए ।

1.4K

Emphasize equal opportunities for people with disabilities

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *