समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

८२ लाखमा गाउँमा धारैधारा (फोटो फिचर)

४ वर्ष अगाडि
सुर्खेत
समखबर संवाददाता

1.4K

दैलेखको डुङ्‍गेश्‍वर गाउँपालिका–२ स्थित कुइया देउली खानेपानी तथा सरसफाई योजनाअन्तर्गत एक सय १६ वटा धारा निर्माण भएका छन् ।

हेल्भेटास नेपाल, डुङ्‍गेश्‍वर गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धारा निर्माण भएका हुन् ।
धारा निर्माणको लागत ८२ लाख ६ हजार रुपैयाँ हो ।

सुख्खाग्रस्त क्षेत्र यहाँका मानिसहरू नजिकै पानीको मूल नहुँदा पुस्तौंदेखि खानेपानीको समस्या खेप्दै आएका थिए ।

पर्यटकीय क्षेत्रको रूपमा रहेको कुइया ताल क्षेत्रको मुहानबाट खानेपानीको सुविधा गाउँमा पुर्‍याइएपछि भने स्थानीयवासीले वर्षौंदेखिको दुःखबाट छुटकारा पाएका छन् ।

योजना सम्पन्‍न भएसँगै देउली बजार, पैयाँचौर, सेर्माकोटको थापा टोल र खत्री टोल तथा त्रिकुलेका बासिन्दा लाभान्वित भएका छन् ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *