समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

एमाले अध्यक्षको घरमा नक्कली बम

४ वर्ष अगाडि
झापा
समखबर संवाददाता

1.4K

एमाले अध्यक्ष दीपक कार्कीको घरमा राखिएको प्रेसर कुकर बम जस्तो देखिने बस्तु नक्कली भएको पुष्टि भएको छ । गौरादह-३ मा रहेको कार्कीको घरको बाहिर प्रेसर कुकरमा तारजस्तो देखिएपछि बम हुन सक्ने आशंका गरिएको थियो ।

तर, नेपाली सेनाको बम डिस्पोजल टोलीले नक्कली भएको पुष्टि गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दीलिप गिरीले जानकारी दिए ।

ुप्रेसर कुकरभित्र ग्यास चुलोको सानो सामान र मोबाइलको चार्जर रहेछ । खासै केही रहेनछ, उनले भने । उक्त घर प्रदेश- १ का पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको पनि हो । प्रेसर कुकर जस्तो देखिने बस्तु कसले र किन राख्यो भन्‍ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

1.4K

Fake bomb at UML Jhapa president's house

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *