समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

लागूऔषधसहित धनगढीबाट चार जना पक्राउ

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

1.4K

कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

शनिबार साँझ ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र राना, २१ वर्षीय सुरज राना र २ जना १८ वर्षीय किशोर रहेका छन् । 

प्रहरीले २ जना १८ वर्षीय किशोरलाई जाँच गर्ने क्रममा एक पोका ब्राउन सुगर फेला पारेपछि थप अनुसन्धान गर्दा सो कारोबारमा राजेन्द्र र सुरज समेत संलग्न रहेको खुल्न आएपछि उनीहरूको घरमा समेत जाँच गरेको थियो । जाँच गर्दा उक्त लागुऔषध र नगद ८ हजार १ सय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *