समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

काठमाडौँको केएमसी स्कुलको क्यान्टिनमा महिला मृत फेला

४ वर्ष अगाडि
काठमाडौ
समखबर संवाददाता

1.8K

काठमाडौँको बुद्धनगर स्थित केएमसी स्कुलको होस्टलमा क्यान्टिनमा काम गर्ने  रमा रायमाझीको शव भेटिएको छ। उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

रायमाझी केएमसीको क्यान्टिनमै कार्यरत थिइन्। काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी उनको शव शनिबार बेलुकी स्कुलभित्र होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएको थियो ।

रायमाझी विगत ५ वर्षदेखि सोही विद्यालयको क्यान्टिनमा कार्यरत थिइन्। शनिबार बेलुका ७:३० बजेसम्म कोठामा नपुगेपछि आफ्न्तले खोजी गरेका थिए। घटना भैसकेपछि विद्यालयले गल्स होस्टलको विद्यार्थी ब्वाइज होस्टलमा सारेको छ ।

1.8K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *