समखबर संवाददाता


0 प्रतिक्रिया

2.2K

प्रदेश प्रहरीको समन्वयमा काठमाडौं उपत्यकाको सुरक्षा नेपाल प्रहरीलाई

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.7K

संघीय स्तरमा नै नेपाल प्रहरीको मातहतमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा रहने भएको छ ।

राज्य व्यवस्था समिति बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र सम्बन्ध ऐन–२०६७ लाई संसोधन गर्न बनेको विधेयक समितिबाट पारित भएसँगै काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र माताहत रहने भएको हो ।

‘काठमाडौं उपत्यकाको सुरक्षा नेपाल प्रहरी (केन्द्र) बाट गरिनेछ भने नेपाल प्रहरीले प्रदेश प्रहरीसँग समन्वय गर्नेछ,’ पारित विधेयकमा भनिएको छ । उक्त विधेयक संघीय ससंदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण पछि ऐनको रुपमा कार्यान्वयन हुनेछ ।

2.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *