समखबर संवाददाता


0 प्रतिक्रिया

2.1K

बर्दिबास नगरपालिकाले करार कर्मचारी हटाउने

४ वर्ष अगाडि
महोत्तरी
समखबर संवाददाता

2.6K

बर्दिबास नगरपालिकाले नगरभित्रका करार कर्मचारी हटाउने भएको छ । आउँँदो १ साउनदेखि २०७९/८० मा खर्च कटौती गर्नुपर्ने कारण देखाउँदै नगरपालिका, वडा र स्वास्थ्य कार्यालयका करारमा कार्यरत कर्मचारी हटाउन लागेको हो ।

अत्यावश्यक बाहेकका कर्मचारी हटाउने उल्लेख गरे पनि नगरले १ साउनदेखि करार तथा ज्यालादारीमा रहेका कर्मचारीहरुलाइ हाजिर नगराउन निर्देशन समेत दिइसकेको छ ।

कार्यसम्पादनमा बाधा नपुग्ने गरी सबै कर्मचारी त हैन केही कर्मचारी हटाउने निर्णय गरेका छौँ, ? नगरपालिकाका प्रवक्ता विजय महतोले भने ।

अघिल्लो सरकारले करारमा नियुक्त गरेका ६२ जना शिक्षकको विषयमा भने निर्णय आउन बाँकी छ । बैठक बसेर के गर्ने भन्ने विषयमा टुंगो लगाउँछौँ, प्रवक्ता महतोले भने ।

नगरपालिकाका सूचना अधिकारी सोम फुयालका अनुसार विद्यालयका शिक्षक बाहेक अहिले नगरभित्र लगभग ५० को हाराहारीमा कर्मचारीहरू करारमा काम गर्दै आएका छन ।

कर्मचारी हटाउने विषयमा गरिएको निर्णयमाथि नगरवासीको मिश्रित प्रतिक्रिया आएका छन् । खर्च कटौती गर्ने नाममा अघिल्लो स्थानीय सरकारका नियुक्ति खारेज गर्ने र नयाँ नियुक्ति गर्ने परिपाटीको विकाश गर्न खोजेको कतिपयको आरोप छ भने कतिपयले नगरको निर्णयलाई स्वागत गरेका छन् ।

2.6K

Bardibas Municipality to remove contract employees

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *