समखबर संवाददाता
एनआरएनलाई नेपालीसरह नागरिकता माग गर्दै संशोधन दर्ता
गैरआवासीय नेपालीहरूलाई नेपालीसरहको अधिकार माग गर्दै चालू संसदमा दर्ता भएको नागरिकता विधेयकमा संशोधन प्रस्ताव दर्ता भएको छ ।
प्रतिनिधि सभा नियमावली २०७५ को नियम १ सय ११ बमोजिम विधेयकको दफा ३ को उपदफा १ बमोजिम गैरआवासीय नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृति अधिकार नेपाली नागरिकता सरह उपभोग गर्न पाउने माग गर्दै एमाले सांसद डा. सूर्यप्रसाद पाठकले सोमबार संसदमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
पाठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेपछि मात्र लिन पाउने प्रावधान राख्न माग गरेका छन् ।
संशोधन प्रस्तावमा गैरआवासीय नेपालीलाई गृह मन्त्रालयको सट्टा मन्त्रालयले तोकेको निकायबाट नागरिकता दिने व्यवस्था माग गरिएको छ ।