समखबर संवाददाता


0 प्रतिक्रिया

1.6K

अध्यक्ष दाहाल र बाबुराम बिच भेटवार्ता

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2K

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालको कारबाहीमा परेका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच छलफल भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा समाजवादी केन्द्र बनाएर जाने विषयमा छलफल भएको छ । पछिल्लो समय डा. भट्टराईले समाजवादी केन्द्र बनाउने गरि आफूलाई सक्रिय बनाएका छन् । प्रचण्डले हालै भारत भ्रमण गरेका थिए ।

आगामी निर्वाचनलाई केन्द्रविन्दुमा राखेर नेताहरुले मोर्चाबन्दी बनाउने विषयमा छलफल थालेका छन् । बाबुरामलाई अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीबाट निष्काशन गरिसकेको छ । भट्टराई भने नयाँ दल खोल्नेगरि आन्तरिक परामर्शमा जुटेका छन् ।

2K

Meeting between President Dahal and Baburam

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *