समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ

४ वर्ष अगाडि
झापा
समखबर संवाददाता

1.8K

मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट ३ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इलाम सन्दकपुर गाउँपालिका–२ बस्ने २७ वर्षीय रविन गुरूङ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

1.8K

Arrested with illegal drug brown heroin

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *