समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

नेपालले एसपीपीमा सहभागी नहुने अमेरिकालाई पत्र पठाइसक्योः परराष्ट्रमन्त्री खड्का

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.9K

परराष्ट्र मन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा नेपाल सहभागी नहुने भन्दै अमेरिकालाई लिखित जानकारी गराइसकेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री खड्काले गत ६ असारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ९ साउनमा नेपाल एसपीपीमा सहभागी नहुने कूटनीतिकमार्फत अमेरिकालाई जानकारी गराइसकेको जानकारी दिएका हुन् ।

‘साउन ९ गते तदनुसार २५ जुलाई २०२२ दिन कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाइएको जानकारी गराउन चाहान्छु,’ मन्त्री खड्काले संसद बैठकमा भने ।

सरकारको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरेको भन्दै आलोचना भइरहेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राष्ट्रहितविरीत कुनै पनि सन्धि सम्झौता नहुने उनको प्रतिबद्धता छ ।

1.9K

Nepal sent a letter to the United States that does not participate in the SPP: Maternity Minister Khadka

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *