समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

रोल्पामा एक महिलाको शव फेला

४ वर्ष अगाडि
रोल्पा
समखबर संवाददाता

1.8K

रोल्पाको एक सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ स्थित निगालपानी सामुदायिक वन क्षेत्रमा शनिबार एक महिलाको शव फेला परेको हो ।

शव फेला पर्नेमा रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ कि ४४ वर्षीया पानसरी घर्तीमगर रहेकी छन् ।

शुक्रबार बसहान बनमा दाउरा काट्न गएकी उनी बेलुकासम्म नफर्केपछि खोजी गर्दा शव फेला परेको हो । खोजी गर्ने क्रममा शनिबार बिहान ९:१५ बजे मृतकको शव आफन्तले फेला पारेका थिए । 

शवको पोष्टमार्टम गरेर आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

1.8K

A woman's body was found in Rolpa

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *