समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

गुल्मीमा ४० वर्षीया महिला बलात्कृत 

४ वर्ष अगाडि
गुल्मी
समखबर संवाददाता

1.8K

गुल्मीमा ४० वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा मालिका गाउँपालिका–७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

किशोरले ती महिलालाई मालिका गाउँपालिका–६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

1.8K

40-year-old woman raped in Gulmi

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *