समखबर संवाददाता


0 प्रतिक्रिया

2K

सत्ता गठबन्धन कार्यदल बैठक : सिट बाँडफाँडका यी आधारबारे छलफल

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.5K

सत्ता गठबन्धनको कार्यदलले आगामी निर्वाचनमा सिट बाँडफाँटका विभिन्न आधारबारे छलफल गरेको छ । 

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरुकाबीचमा सिट बाँडफाँटका विभिन्न आधारहरुबारे छलफल भएको थियो । 

बैठकमा सहभागी एक नेताका अनुसार सिट बाँडफाँटका विभिन्न आधारबारे छलफल भएको छ । 

गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट, उक्त निर्वाचनमा समानुपातिकतर्फ पाएको मत, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम, शीर्ष नेताहरुको सुनिश्चितता लगायतलाई आधार मानेर छलफल गरेको उनको भनाइ छ ।

आज छलफल भएका आधारहरुका बारेमा आ-आफ्नो दलमा छलफल गरेर पुन: बैठक बस्ने सहमति भएको उनको भनाइ छ । बैठक साउन ३० गते बस्ने जनाइएको छ । 

समितिलाई साउन मसान्तभित्र तालमेलको मोडालिटी तय गर्ने जिम्मेवारी दिइएको छ । गठबन्धनका शीर्ष नेताको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ छन् । यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा रहेका छन् । कार्यदलको संयोजकमा कांग्रेस नेता सिटौला रहेका छन् ।

2.5K

Power Alliance Working Group Meeting: Discussion on these basis of seat allocation

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *