समखबर संबाददाता


0 प्रतिक्रिया

744

सभामुखको पहलमा संयुक्त छलफल, सत्ता–विपक्षबीच चर्को मतभेद कायमै

११ महिना अगाडि
समखबर संबाददाता

930

काठमाडौं,२० जेठ । सभामुख देवराज घिमिरेसँगको संयुक्त छलफलपछि सत्ता पक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।

यसअघि सभामुखले आह्वान गरेको संयुक्त बैठकमा सभामुख र सत्तापक्षका प्रमुख सचेतकले गृहमन्त्रीलाई बोल्न दिन विपक्षीलाई आग्रह गरेका थिए । यसबारे विपक्षी दलहरू सकारात्मक रहेको सत्तापक्षको भनाइ छ । तर विपक्षीले आफूहरूका कुरा प्रष्ट राखेको बताइरहेका छन् ।

राज्यका जिम्मेवार पदाधिकारीको संलग्नतामा भिजिट भिसा मार्फत मानव तस्करी गरिएको आशंका गर्दै विपक्षी दलहरूले २०६४ यताका सबै गृहमन्त्री र श्रममन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग सत्तापक्षसमक्ष राखेका छन् । विपक्षीको यस मागबारे निर्णयमा पुग्न सत्ता पक्ष पनि आन्तरिक छलफलमा जुटेको हो । दुवै पक्षको छलफल संसद भवन बानेश्वरमै चलिरहेको छ ।

सत्ता र प्रतिपक्षी दलहरू आन्तरिक छलफलमा जुटेकाले सभामुखले आज ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेलाई सारेका छन् ।

930

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *