समखबर संबाददाता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छिन्। दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो।
बैठककमा सेना परिचालनसम्बन्धि निर्णय हुने सम्भावना छ । बिहीबार बसेको सुरक्षा परिषद्को बैठकले निर्वाचनका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्ने संवैधानिक प्रावधान छ।
समखबर संबाददाता