समखबर संबाददाता
काठमाडौँ, २७ माघ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी फागुन २१ गते टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।
आयोगका अनुसार प्रतियोगितामा सहभागी भिडियामध्ये उत्कृष्ट तीनलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताका लागि तयार गरिने भिडियोमा निर्वाचन प्रचार–प्रसार, आचारसंहिता तथा मतदाता शिक्षा सम्बन्धी सन्देश समावेश हुनुपर्नेछ। सहभागीले आफ्नो टिकटक भिडियोको लिंक फागुन ३ गतेदेखि १७ गतेसम्म निर्वाचन आयोगको इमेलमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
आयोगले टिकटकजस्ता लोकप्रिय डिजिटल माध्यममार्फत विशेषगरी युवामाझ निर्वाचनप्रतिको सचेतना बढाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको जनाएको छ।
समखबर संबाददाता