समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

क्रान्ति हुनुछ भने क्रान्तिकारी पार्टी हुनैपर्छ !

३ वर्ष अगाडि
समखबर संवाददाता

1.7K

`हाम्रो पार्टी – संगठनहरुलाई अवश्य पनि देशभरि फिजाउनु पर्छ र हामीले निश्चित उद्श्येका साथ दशौं हजार कार्यकर्ताहरुलाई र पहिलो दर्जाका सयौ नेताहरुलाई तालिम दिनुपर्छ । उनीहरूले माक्र्सवाद – लेनिनवादमा निपुण भएका, राजनीतिक रुपले दूरदर्शी, काममा खुबै सिपालु, त्यागको गहिरो भावनाले भरिएका आफै अघि सरेर समस्याहरुसँग जुझ्ने कुशलता भएका, अति अप्ठ्यारा अवस्थाहरुमा समेत विचलित नहुने, राष्ट्र र सर्वहारा वर्ग र पार्टीको सेवा गर्न वफादार र भक्त कार्यकर्ता र नेता हुनैपर्छ । यस्ता कार्यकर्ता र नेताहरुमा नै पार्टीले आफ्ना सदस्यहरु तथा जनतासितको सम्बन्धको निम्ति भर गर्छ र जनताको दृढ नेतृत्वको लागि उनीहरूमा भर परेर नै पार्टी शत्रुलाई पराजित गर्न सफल हुन्छ । यस्ता कार्यकर्ता र नेताहरुले स्वार्थिपनाबाट व्यक्तिवादी शुर्याईँ र आडम्बरबाट, आलस्य र उदासीनताबाट र आफ्नै कुरा माथि पार्ने गुटवादबाट मुक्त हुनुपर्छ र उनीहरूले अवश्य पनि निस्वार्थ भएर राष्ट्रिय तथा वर्गीय वीर योध्दा हुनुपर्छ । हाम्रो पार्टीका सदस्य, कार्यकर्ता र नेताहरुमा हुनुपर्ने गुणहरु र कार्य – शैली यस्तै हुन् ।’

– माओ त्सेतुङ, `जापानी आक्रमण – विरोधी राष्ट्रिय संयुक्त मोर्चाको निम्ति लाखौं जनसमुहलाई आफूपट्टि तान’ (मे ७, १९३७)

कम्युनिस्ट पार्टी सर्वहारा वर्गको संगठित राजनीतिक अग्रदस्ता हो । उसले माक्र्सवाद – लेनिनवा – माओवादलाई आफ्नो पथप्रदर्शक सिध्दान्त मान्दछ । मालेमावादले एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई क्रान्तिको निम्ति वैज्ञानिक बाटो देखाउने काम गर्दछ ।

पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको मुलुकमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको न्युनतम कार्यक्रम (लक्ष्य) वैज्ञानिक समाजवाद र अधिकतम लक्ष्य वैज्ञानिक साम्यवाद हुन्छ भने पुँजीवादी क्रान्ति सम्पन्न भइनसकेको एक अर्धसामन्ति र अर्ध उपनिवेशिक र नवउपनिवेशिक अवस्थामा रहेको (आजको नेपाल जस्तो) देशमा उसको न्युनतम कार्यक्रम (लक्ष्य) नौलो जनवाद र अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवाद रहेको हुन्छ । `क्रान्ति गर्नुछ भने क्रान्तिकारी सिध्दान्त आवश्यक पर्दछ ।’ हो, लेनिनले भन्नु भए झै क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्ने दृढताका साथ बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले क्रान्तिकारी सिद्धान्त माक्र्सवाद – लेनिनवाद – माओवादलाई अवलम्बन गरेकै हुनुपर्छ ।

त्यस्तै क्रान्तिका क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यकता पर्दछ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वविना क्रान्ति असम्भव हुन्छ । त्यसो भएकोले त विश्व सर्वहारा वर्गका अर्का महान् नेता कमरेड माओ त्सेतुङले भन्नुभएको छ, क्रान्ति हुनुछ भने क्रान्तिकारी पार्टी हुनैपर्छ ।' क्रान्तिकारी पार्टीविना, माक्र्सवादी – लेनिनवादी क्रान्तिकारी सिध्दान्त र क्रान्तिकारी पध्दतिनुिसार बनेको पार्टीविना , साम्राज्यवाद तथा यसका दलालहरुलाई पराजित गर्न मजदुर वर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्नु असम्भव छ ।माओ त्सेतुङ, संसारका क्रान्तिकारी शक्तिहरु एकगठ होऊ, साम्राज्यवादी आक्रमणका विरुद्ध जुध’ (नोभेम्बर १९४८)

क्रान्तिकारी स्ध्दिान्तले लैस भएको क्रान्तिकारी कम्युनिस्ट भएर मात्र उसलाई क्रान्तिको कार्यभार पुरा गर्न असम्भव हुन्छ । पार्टीको नीति र योजनाहरु कार्यान्वयन गर्नका निम्ति हजारौंको संख्यामा, लाखौंको संख्यामा अब्बल दर्जाका कार्यकर्ता (उत्तराधिकारीहरु) हरुको आवश्यकता पर्दछ । असल, आँटी, बलिदानीपूर्ण भावनाले ओतप्रोत भएका कार्यकर्तनहरुको आवश्यकता पर्दछ । त्यो काममा क्रान्तिकारी कम्युनिस्ट पार्टीले पहिलो नम्बरमा ध्यान दिनुपर्छ । कार्यकर्ताहरुको ठूलो जमात भएर मात्रै क्रान्तिका लागि क्रान्तिकारी कार्यकर्ता र नेताहरुको आवश्यकता पर्दछ । कार्य कर्ता तथा नेताहरुलाई क्रान्तिकारी रुपान्तरण गराउनका निम्ति विश्वदृष्टिकोणमा रुपान्तरण गराउन जरुरी हुन्छ । त्यसको लागि कम्युनिस्ट पार्टीले केन्द्रदेखि स्थानीय स्तरसम्म पार्टी स्कुलहरु निर्माण गर्न अनिवार्य हुन्छ। उनीहरूलाई नियमित रुपमा र योजनाबद्ध ढंगले मालेमावादका आधारभूत सिद्धान्त (माक्र्सवादका तीन संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद) का विषयमा स्कुलिङ सञ्चालन गरिरन जरुरी हुन्छ । यही आवश्यकतालाई मध्यनजरमा राखेर नै कमरेड माओले अगाडि भन्नुभएको छ । हाम्रो पार्टी र देशले आफ्नो रंग नफेरुन् भन्ने कुरा निश्चित तुल्याउन हामीले सही बाटो र सही नीतिहरु मात्र लिएर पुग्दैन । सर्वहारावादी क्रान्तिको उद्देश्य अगाडि बढाउँदै लैजाने लाखौं उत्तराधिकारीलाई तालिम दिनु र हुर्काउनु पनि पर्छ ।

अन्तिम विश्लेषणमा, सर्वहाराहरुको क्रान्तिकारी उद्देश्यको लागि उत्तराधिकारीहरुलाई तालिम दिने प्रश्न सर्वहारावादी क्रान्तिकारीहरुको पुरानो पुस्ताले चलाएको माक्र्सवादी – लेनिनवादी क्रान्तिकारी उद्देश्यलाई बढाउँदै लान सक्ने मानिसहरु होलान् कि नहोलान्, सर्वहारावादी क्रान्तिकारीहरुकै हातमा हाम्रो पार्टी र राज्यको नेतृत्व रहन्छ कि रहँदैन, माक्र्सवाद – लेनिनवादले स्थापित गरेको सही बाटोबाट हाम्रा सन्तान हिड्ने हुन् कि हो, अथवा अर्को शब्दमा चीनमा हामीले ख्रुश्चोभी संशोधनवादको उत्पतिलाई सफलतापूर्बक रोक्न सक्छौ कि सक्तैनौ भन्ने प्रश्न हो ।

हाम्रा सर्वोच्च संगठनहरुदेखि लिएर सबैभन्दा तल्लो तहसम्म हामीले जहाँतहीका उद्देश्यको निम्ति उत्तराधिकारीहरुलाई तालिम दिने र हुर्काउने कुरामा संधैभरि ध्यान दिनुपर्छ ।

सर्वहारा – वर्गको क्रान्तिकारी उद्श्येको निम्ति लायक उत्तराधिकारी हुन चाहिने आवश्यकताहरु के के हुन् ?
उनीहरूले उच्च माक्र्सवादी – लेनिनवादी हुनैपर्छ, माक्र्सवाद – लेनिनवादको साइनबोर्ड झुन्ड्याएको ख्रुश्चोभ जस्तो संशोधनवादी होइन ।
उनीहरू चीन र सम्पूर्ण संसारका अति बहुसंख्यक जनताको सम्पूर्ण ह्रदयले सेवा गर्ने क्रान्तिकारी हुनैपर्छ र आफ्नो देशको सुबिधा सम्पन्न बुर्जुवा वर्गका एक मुठी सदस्यहरुको हित र विदेशी साम्राज्यवाद तथा प्रतिक्रियावादका हितहरुका लागि सेवा गर्ने ख्रुश्चोभ जस्तो होइन । उनीहरूले अति बहुसंख्यक जनताशीत एकगठ हुन र संगै काम गर्न सक्ने सर्वहारावादी राजनीतिज्ञ हुनैपर्छ । उनीहरूले आफूसित सहमत हुनेहरुसित मात्र होइन, आफूसित असहमत हुनेहरुसंग अझ अघि आफ्नो विरोध गरेका र पछि व्यवहारमा गलतसिद्ध भइसकेकाहरुसित पनि एकगठ हुन सक्नुपर्छ । तर उनीहरूले विशेष गरि ख्रुश्चोभ जस्ता महत्वाकांक्षी र षड्यन्त्रकारीहरुमाथि सतर्कतापूर्ण दृष्टि राख्नुपर्छ र यस्ता खराब तत्वहरुलाई पार्टी र राज्यको कुनै पनि स्तरको हात पार्नुबाट रोक्नैपर्छ ।

उनीहरूले पार्टीको जनवादी केन्द्रीयतालाई प्रयोग गर्न नमूना बन्नैपर्छ, जनताबाट ल्याई जनतामा लैजाने सिध्दान्तमा आधारित नेतृत्वको तरिकामा राम्ररी दक्षता हाँसिल गर्नैपर्छ र जनतान्त्रिक प्रणालीमा आफ्नो बानी – बेहोरालाई ढाल्नु पर्छ र जनताको कुरा चाख लिएर सुन्न सक्ने हुनुपर्छ । उनीहरूले ख्रुश्चोभ जस्तो निरंकुश हुनुहुँदैन र पार्टीको जनवादी केन्द्रीयतालाई उलङ्घन गर्नुहुँदैन , कामरेडहरुमाथि आकस्मिक हमला गर्नु अथवा स्वेच्छाचारीतापूर्वक र अधिनायकवादी रुपले काम गर्ने हुनुहुँदैन ।

उनीहरूले नम्र र विवेकी हुनुपर्छ र घमण्ड तथा अधीरताको विरुद्ध सजक हुनुपर्छ स उनीहरूमा स्वआलोचनाको भावना भरिएको हुनुपर्छ र आफ्ना काममा रहेका कमी र गलतीहरु सच्याउने आँट हुनुपर्छ । उनीहरूले ख्रुश्चोभले झै आफ्ना गलतीहरुलाई ढाकछोप गर्ने, जसजति जम्मै आफू लिने र दोस जति अरुमाथि थोपर्ने कहिल्यै गर्नु हुँदैन । सर्वहारा क्रान्तिकारी उद्देश्यका उत्तराधिकारीहरु जनसंघर्षमा पैदा हुन्छन् र क्रान्तिका ठुल्ठूला आँधी – बेहरीहरुमा खारिन्छन् र हुर्कन्छन् । कार्यकर्ताहरुलाई जाँच्ने तथा छुट्याउने र उत्तराधिकारीहरुलाई छान्ने र तालिम दिने काम जनसंघर्षको लामो क्रममा गर्नुपर्छ ।’

– माओ त्सेतुङ , `ख्रुश्चोभको नक्कली साम्यवाद र संसारलाई यसका ऐतिहासिक पाठहरुमा उध्दृत’ (जुलाई १४ , १९६४) ।
माथि कमरेड माओले भन्नुभए झै क्रान्तिका लागि क्रान्तिकारी तथा असल, इमानदार, देश, जनता, पार्टी क्रान्तिप्रति समर्पित कार्यकर्ता र नेताहरुको ठूलो आवस्यकता हुन्छ । त्यसो भएर क्रान्तिकारी कम्युनिस्ट पार्टीले कार्यकर्ता र नेताहरुलाई कसरी संरक्षण गर्ने भन्ने विषयमा हेक्का राख्नैपर्ने हुन्छ । यस विषय पुनः कमरेड माओ भन्नुहुन्छ, ‘एक चोटि राजनीतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरु निर्णायक तत्व हुन्छन् ।अतः योजनाबध्द तरिकाले ठूलो संख्यामा नयाँ कार्यकर्ताहरुलाई तालिम दिनु हाम्रो संघर्षमयी कार्य हो ।

– माओ त्सेतुङ, -`राष्ट्रिय युध्दमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका’ (अक्टोबर १८३८)

क्रान्तिकारी कम्युनिस्ट पार्टीले कार्यकर्ता नीति कस्तो बनाउने भन्ने कुराले उसले कार्यकर्ताहरु कस्ताकस्ता बनाएको छ ? उसले कसरी कार्यान्वयन गर्दछ ? भन्ने कुराको निर्धारण गर्दछ । यसविषयमा कमरेड माओले थप कुरा गर्नु हुन्छ, कम्युनिस्ट पार्टीले कार्यकर्ता सम्बन्धि आफ्नो नीतिमा लागु गर्नुपर्ने सिद्धान्त एउटा कार्यकर्ता पार्टीको नीतिलाई कार्यान्वयन गर्न दृढ छ कि छैन, पार्टी – अनुशासनलाई पालना गर्छ गर्दैन, जनतसित उसको गाढा सम्पर्क छ छैन, उसमा आफ्नो स्थिति स्वतन्त्रतापूर्वक पहिल्याउन सक्ने सामर्थ्य छ छैन र उ सक्रिय, मेहनती र निस्वार्थी छ छैन भन्ने हो । गुण हेरी मानिसलाई भर्ना गर्नु भन्ने नीति यही हो ।' – माओ त्सेतुङ,राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका’ (अक्टोबर १९३८)

कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्ताहरुलाई कसरी चिन्ने , कसरी जाँच्ने भन्ने कुरा नेतृत्वले राम्ररी जानेको हुनुपर्छ । पार्टी भित्र कार्यकर्ताहरु विभिन्न ढंगले प्रवेश गरेका हुन्छन् , उनीहरूलाई पार्टीले उनीहरू कै व्यवहारलाई कसी बनाएर पहिचान गर्ने र विचार गर्ने कुरा नै मुख्य विषय हुन्छ । त्यही अनुरुप पार्टीले आफ्ना कार्यकर्ताहरुलाई प्रयोग गर्नु वैज्ञानिक हुन्छ । यसविषयमा कमरेड माओ अगाडि भन्नू हुन्छ, हामीलाई कार्यकर्ताहरुको कसरी राम्ररी प्रयोग गर्ने भन्ने कुरा थाहा पाउनैपर्छ । अन्तिम विश्लेषणमा, नेतृत्वका दुई मुख्य जिम्मेवारी हुन्छन् । विचारहरुलाई कार्य रुप दिनु र कार्यकर्ताहरुको राम्ररी प्रयोग गर्नु ।' विचारहरुलाई कार्य रुप दिनुमा योजना बनाउनु, निर्णय लिनु र आदेश तथा निर्देशन दिनु जस्ता जम्मै कुराहरु पर्छन् । विचारलाई व्यवहारमा परिणत गर्न हामीले कार्यकर्ताहरुलाई एकगठ तुल्याउनु पर्छ र कार्यक्षेत्रमा जान उनीहरूलाई हौसला दिनुपर्छ । यो कुराकार्यकर्ताहरुको राम्ररी प्रयोग गर्नु भन्ने विभागमा पर्दछ ।’ – माओ त्सेतुङ, राष्ट्रिय युध्दमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका (अक्टोबर १९३८)
नेपाल अहिलेसम्म पनि अर्ध सामन्ति र नवउपनिवेशिक अवस्थामै छ । यहाँ गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्ति नगरिकन नेपाली समाजलाई वैज्ञानिक समाजवादमा पुर्याउन सकिदैन । आज नेपालमा नयाँ क्रान्ति जारी छ ।

नयाँ नेपाली जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्ने दायित्व आज नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को काँधमा आइपुगेको छ । आज महान् नेपाली नयाँ जनवादी क्रान्तिका लागि दक्षिणपन्थी संशोधनवाद मुख्य बाधकका रुपमा खडा हुन पुगेको छ । नेपालमा कम्युनिस्टको नाममा नामधारी नक्कली कम्युनिस्टहरूले ठूलो भ्रमको खेती गरिरहेका छन् र कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु ती प्रतिक्रियावादमा पतन भएर प्रतिक्रियावादी सरकार चलाऊदै आएका दक्षिणपन्थी संशोधनवादी पार्टीहरुमा ठूलो संख्यामा विविध कारणले उतै अलमलीरहेका छन् । यसको मुख्य कारण उनीहरूलाई पार्टी स्कुलिङ नगराइनु जस्ता विषयहरु छन् । वैचारिक चेतना कम्जोर भएका कार्यकर्ताहरुले नेताको चाकडी गर्ने, दलाली गर्ने, च्याप्लुसी गर्ने र नेतृत्वको देवत्वकरण गरेर निहित स्वार्थ पुरा गर्ने गैर मालेमावादी कुरुप संस्कृति कम्युनिस्ट पार्टीमा जीवितै रहने गर्ने गरेकै कारण क्रान्तिकारी कार्यकर्ता निर्माण गर्न र परिचालन गर्ने काममा बाधा परिरहेको पाइन्छ । यसको मुख्य कारण पार्टी स्कुलिङको अभाव हो, अध्ययन कै अभाव हो ।

एउटा मालेमावादी सच्याँई के हो भने कम्युनिस्ट पार्टी क्रान्तिकारी नभइकन क्रान्तिको नेतृत्व गर्ने सम्भव नै हुँदैन । कम्युनिस्ट पार्टी क्रान्तिकारी हुनलाई पहिलो कुरा त उसले अवलम्बन गरेको क्रान्तिकारी विचार (मालेमावाद) नै हो । तर अन्य आधारहरुको आवश्यकता पर्दछ । तसर्थ कम्युनिस्ट पार्टी क्रान्तिकारी भइरहनलाई जनता पनि क्रान्तिकारी हुन जरुरी हुन्छ भने नेताहरु क्रान्तिकारी भइरहनालाई पार्टीका कार्यकर्तनहरु क्रान्तिकारी हुनु जरुरी हुन्छ । नेपालमा यी दुबै कुरामा सिमा रहँदै आएकै कारण नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद हावी हुँदै आएको छ ।

अब प्रश्न खडा हुन्छ कि अब अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालमा समेत कम्युनिस्ट पार्टीका कार्यकर्ता र नेताहरू कस्ता हुनुपर्छ ?
यसको सही तर्क के हुन सक्छ भने कम्युनिस्ट पार्टीका नेताहरु लेनिन, स्टालिन, माओ, हो चि मिन्ह, ग्वभारा, गोञजालो जस्तै विचार सहित फौजी स्प्रिट र कार्यशैली भएका नेताहरु हुन आवश्यक छ भने कार्यकर्ताहरु पनि रुसमा लेनिनकालिन, चीनमा माओ कालिन, भियतनाममा हो चि मिन्ह कालिन, क्युवामा चे कालिन, पेरुभियाली सशस्त्र जनयुद्ध कालिन, नेपालको झापा विद्रोह कालिन, नेपालकै दस वर्षे जनयुद्ध कालिन जुन अनुशासित कर्मठ, त्यागी, बलिदानी भावनाले ओतप्रोत भएका र क्रान्तिकारी स्प्रिट बोकेका कार्यकर्ताहरु थिए, त्यस्तै कार्यकर्ताहरु हुन जरुरी छ ।

यद्यपि हिजोको त्यो परिस्थिति र आजको वर्तमान परिस्थितिमा ठूलो फेरबदल आएको छ, विज्ञान र प्रविधिका क्षेत्रमा मानव जातिले ठूलो विकास गरेको अवस्था अवश्य छ । यी तथ्यहरुलाई आत्मसात गर्दै अर्थात् कम्युनिस्ट क्रान्तिकारीहरुले ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै क्रान्तिका कामहरुलाई अगाडि बढाउनुपर्ने हुन्छ । सम्बन्धित मुलुकको विशिष्ट परिस्थिति बमोजिम क्रान्तिका कामलाई अगाडि बढाउनु पर्ने हुन्छ । मुलुकको वस्तुगत परिस्थिति र आत्मगत परिस्थितिका आधारमा क्रान्तिका कामलाई अगाडि बढाउनु पर्ने हुन्छ । क्रान्तिकारी शक्तिहरुले जति छिटो क्रान्तिको तयारी गर्न सक्छन्, त्यति छिटो क्रान्ति सम्पन्न हुने माक्र्सवादी नियम नै छ । र क्रान्ति अवश्यम्भावी छ ।

कम्युनिस्ट पार्टीका कार्यकर्ता र नेताहरुले जनताको क्रान्तिको नेतृत्व गर्नुपर्ने भएकोले उनीहरू जनताको बीचमा भिज्न सक्ने, जनतासंग नङ र मासुको सम्बन्ध भए झै गाढा सम्बन्ध कायम गर्न सक्ने हुनुपर्छ । उनीहरू इमानदार र क्रान्तिकारी हुनुपर्छ, क्रान्तिकारी जस्तोसुकै आँधी बेरीको सामना गर्न सक्ने र योगदान तथा बलिदानी भावनाले ओतप्रोत भएको साहसी हुनुपर्छ ।
उनीहरू आर्थिक, साँस्कृतिक विचलनमा नपरेका, नैतिक रुपमा पतन नभएका र सामाजमा कुशल नैतिकता कायम गरेका र मर्यादित व्यक्तित्व निर्माण गरेको हुनुपर्छ ।

कम्युनिस्ट पार्टीका कार्यकर्ता नीतिका बारेमा कमरेड माओका महत्वपूर्ण आदेश र शिक्षाका बारेमा माथि धेरै ठाउँमा उध्दृत गरिएको छ, ती शिक्षा र आदेशहरु कम्युनिस्ट पार्टीका असल र क्रान्तिकारी कार्यकर्ता र नेताहरुले शिक्षाका रुपमा ग्रहण गरेर जीवन व्यवहारमा लागु गर्न कुशल भएको हुनुपर्छ । मुख्यतः उनीहरू विश्वदृष्टिकोणमा रुपान्तरित भएको हुनुपर्छ । किनकि विश्वदृष्टिकोणविनाको मान्छे जराविनाको सरह' हुन्छ,फलहिन फूल’ जस्तो हुन्छ ।

अन्त्यमा कम्युनिस्ट पार्टीका कार्यकर्ता र नेताहरु जनताका साँच्चिकै असल नमूना बनेको हुनुपर्छ । मालेमावादद्वारा निर्देशित नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र जनताको क्रान्तिको नेतृत्व गर्न सक्ने भएकोले उक्त पार्टीका कार्यकर्ता र नेताहरु पनि त्यसै अनुरुपका हुन जरुरी हुन्छ ।

1.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.