समखबर संबाददाता


0 प्रतिक्रिया

1.2K

उपत्यकामा एकैदिन २२ सयभन्दा बढी सवारी चालकमाथि कारवाही

४ वर्ष अगाडि
काठमाडौं
समखबर संबाददाता

1.6K

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २ सय २० जना सवारी चालमाथि कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण सोमबार उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १ सय ६५ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने १ सय ३३ जना, तिब्र गतीमा सवारी साधन चलाउने ६० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १ सय ९ जना, लेन उल्लंघन गर्ने ५३ जना सवारी चालक रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४७ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

1.6K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *